काठमाडौँ - कारोबारको तेस्रो दिन नेप्सेमा १९ अंकको गिरावट आउदा १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज ३१ कम्पनीको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले घटेको छ । दोस्रोमा गरिमा डेबेन्चर २०८५ को ५.८३ प्रतिशतले घटेको छ भने तेस्रोमा रावा इनर्जीको ५.४८ प्रतिशतले शेयरमूल्य घटेको छ ।त्यस्तै, आज श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वेत गंगा हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, इस्ट्रन हाइड्रोपावर, अप्पर सोलु हाइड्रोपावर, हिमालयन पावर र बीपीडब्लू लघुवित्तको शेयरमुल्य सर्वाधिक घटेको छ ।

शेयर बजार १८ सयको विन्दुमा झरेतापनि केही कम्पनीको शेयरमूल्य भने बृद्धि भएको छ । आज अप्पर लोहोरो खोला हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ८६ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले बढेको छ ।त्यस्तै, इन्फिनिटी लघुवित्तको ४.१९, गुरासँ लघुवित्तको ४.०३, प्रभु बैंक डिभेन्चर २०८७को ३.८९ र इङ्वा हाइड्रोपावरको ३.६३ प्रतिशत सहित ३१ कम्पनीको शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया