हिजो अर्थात् असोज २३ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको चिरख्वा हाइड्रो लिमिटेडको आईपिओमा पहिलो दिनमै मागभन्दा २.५६ गुणा बढी आवेदन आवेदन परेको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिएमा १ लाख ९८ हजार ८ सय १२ जनाले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् जबकि कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो।
कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितो पत्र बोर्डबाट स्वीकृति लिएको थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका ८० हजार कित्ता, कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता कम्पनीले बाँडफाँट गरिसकेको छ ।
प्रतिक्रिया