मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात् एफपीओ निष्काशन गरेको छ।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
लगानीकर्ताले उक्त शेयरका लागि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
प्रतिक्रिया