प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, बोनस दर कति ?

विहीबार, २५ असोज २०८०, ०९ : १९

प्रभु लाइफ इन्स्योरेन्स  र महालक्ष्मी लाइफ इन्स्योरेन्सले  बोनसदर  सार्वजनिक गरिएको छ। प्रभु लाइफको बीमालेखमा २० देखि ७० रुपैयाँसम्म बोनस दर कायम गरिएको छ । यस्तै, साबिकको महालक्ष्मीमा ३२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ ।

यी दुई कम्पनीहरूको आर्थिक वर्ष २०७८ र ७९ को बोनस दर सार्वजनिक गरिएको हो। यो बोनस दर आव २०७८ र ७९ को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पजीको आधिकारिक बीमांकीयबाट  तयार गरिएको हो।

जुन नियामक निकाय बिमा प्राधिकरणबाट यही असोज २३ गते स्वीकृत भएको थियो। २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा  आर्थिक वर्ष २०७८ र ७९को लागि बोनस दर कायम भएको कम्पनीले जनाएको छ। 

bonas

विहीबार, २५ असोज २०८०, ०९ : १९

प्रतिक्रिया