नेप्सेमा भारी गिरावट, अन्य उपसुचक कस्तो ?

विहीबार, २५ असोज २०८०, १५ : ३५

काठमाडौं- साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो ।

आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ । नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । एकमात्र म्युचुअल फण्ड उपसूचक ०.१६ प्रतिशतले बढेको छ ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक १.५९, निर्जीवन बीमा उपसूचक १.५२, फाइनान्स उपसूचक १.४१, जीवन बीमा उपसूचक १.४०, तथा विकास बैंक उपसूचक १।२३ प्रतिशतले घटेको छ ।

शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६० को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेतापनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका कम्पनीहरुमध्ये आज भगवति हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र एनआइबिएल ग्रोथ फण्डको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

विहीबार, २५ असोज २०८०, १५ : ३५

प्रतिक्रिया