धितो पत्र बोर्ड र नेपाल बिमा प्राधिकरणलाई कारबाहीको माग उजुरी दर्ता

शनिबार, २७ असोज २०८०, ०६ : ४२

सेयर लगानीकर्ताहरूको समूहले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दैअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् ।

शुक्रबार लगानीकर्ताको एक समूहले प्राधिकरण र धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको भन्दै कारबाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।

लगानीकर्ताहरूले बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल विरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानविन गर्न र यसमा संलग्नहरुलाई कारबाही गर्न माग गरेका छन् ।

उनीहरुले ‘बीमा ऐन, २०७९’ को व्यवस्थाविपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै उजुरी दर्ता गराएका हुन् ।

ujuri 2ujuri

शनिबार, २७ असोज २०८०, ०६ : ४२

प्रतिक्रिया