साढे ४ प्रतिशत घटेको नेप्से , यस साता कस्तो रहला कारोबार ?

आइतबार, २८ असोज २०८०, ०७ : २१

गत साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता १९५६.९२ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.२१ प्रतिशत अर्थात् ८२.३२ अङ्क घटेर १८७४.६० विन्दुमा झरेको हो।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो बराबरको अङ्क गुमाएको हो। गत साता बुधवार नेप्से सामान्य अङ्क बढेर बन्द भएको थियो। गत साता नेप्से टेवा क्षेत्र तोडेर तल झरेको थियो। साताको पहिलो कारोबार दिन नै नेप्सेले १९५० देखि १९९० को टेवा क्षेत्र तोडेको थियो।

त्यसपश्चात् सो क्षेत्र यस साताको लागि प्रतिरोध क्षेत्र बनेको छ। यस साता नेप्से परिसूचक ओरालो लागेमा १८१० देखि १८४० को क्षेत्रमा टेवा पाउने देखिन्छ। गत साताको पहिलो कारोबार दिन नेप्सेले उच्च भोल्यूमसहित  टेवा क्षेत्र तोडेको थियो । त्यसैले, आगामी दिनमा पनि बजारमा थप बिक्रीकर्ता हाबी हुन सक्ने अनुमान गर्न सकिन्छ।

आइतबार, २८ असोज २०८०, ०७ : २१

प्रतिक्रिया