काठमाडौँ - कारोबारको दोस्रो दिन सोमबार नेप्से २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको कारोबार भएको छ । आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा गिरावट आएको हो । आज जीवन बीमा उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ ।त्यस्तै, होटल तथा पर्यटन उपसूचक २.०४, हाइड्रोपावर उपसूचक २.०२, ट्रेडिङ उपसूचक १.९६, माइक्रोफाइनान्स उपसूचक १.५८, इन्भेष्टमेन्ट उपसूचक १.२८ र फाइनान्स उपसूचक १.२५ प्रतिशतले घटेको छ ।

शेयर बजार घटेतापनि आज प्रभु बैंकको प्रमोटर शेयर र हाथवे इन्भेष्टमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । प्रभुको ६ करोड २४ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको पाँच करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसका साथै, आज सिटिजन लाइफको तीन करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको तीन करोड ५८ लाख र हिजो मात्रै लाभांश पारित गरेको एनआइसी एशिया बैंकको तीन करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया