मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थप एफपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन रहेको छ।
कम्पनीको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको एफपीओमा असोज २९ गते सोमबार साँझसम्ममा १२ लाख १२ हजार १०९ जनाले १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन दिएका छन् । यो ११२.१३ गुणा बढी आवेदन हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको रजिस्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नं ८, काभ्रेपलान्चोकमा रहेको छ। लघुवित्तको नेपालभरि ७७ वटै जिल्लामा शाखा कार्यालयहरू छन्।
प्रतिक्रिया