नेप्सेमा छायो हरियाली

मंगलबार, ३० असोज २०८०, १५ : २१

काठमाडौँ - कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ ।  आज नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजारको कारोबार भएको छ ।

बजार बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ भने बाँकीका ३ उपसूचकमा भने रातो पोतिएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक क्रमशः ०.२७, ०.५३ र १.२५ प्रतिशतले घटेका छन् भने फाइनान्स, बैंकिङ, र म्युचुअल फण्ड उपसूचक क्रमशः १.३०, १.१० र १.०६ प्रतिशतले बढेका छन् ।

 

 
त्यस्तै, सानिमा जिआईसी, एनआईसी एशिया, रिलायबल नेपाल लाइफ, नबिल बैंक, शिवम सिमेन्टस, नेपाल इन्भरेष्टमेन्टको प्रमोटर, साल्ट टेडिङ, आइएमई लाइफ र घोराही सिमेन्टसको आज सर्वाधिक कारोबार भएको छ ।

मंगलबार, ३० असोज २०८०, १५ : २१

प्रतिक्रिया