बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी बन्दै सर्वोत्तम सिमेन्ट

बुधबार, ०१ कार्तिक २०८०, १० : २६

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आई पिओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितो पत्र बोर्डले सोमबार बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्ने अनुमति पाएको हो।

सर्वोत्तमलाई बोर्डले प्रतिकित्ता ४०१ रुपैयाँमा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्न अनुमति दिएको हो। नेपालको धितो पत्र बजारको सार्वजनिक निष्कासनमा ब्रेक थ्रु  मानिएको बुक बिल्डिङ प्रणालीले रियल सेक्टरका कम्पनीहरू आकर्षित गर्ने अपेक्षा गरिएको छ।

आइपिओको  बिलिङ अमाउन्ट (बोल कबोल मूल्य) ५०१ रुपैयाँ कायम गरिएको छ । योग्य सस्थागत लगानीकर्ताहरूले खरिद गरेको न्यूनतम मूल्यमा १०५ घटाएर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिनेछ ।
 

बुधबार, ०१ कार्तिक २०८०, १० : २६

प्रतिक्रिया