थप एक कम्पनीले दियो आईपीओ निष्कासनको लागि आवेदन

बुधबार, ०१ कार्तिक २०८०, ११ : १८

काठमाडौँ-  सान्भि इनर्जी लिमिटेडले आगामी कात्तिक २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सो सभाले आर्थिक वर्ष २०७९र ८० को साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा आव २०७९र ८० को सञ्चित मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सोही सभाले कम्पनीको नियमावलीको संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने  छ ।

यसअघि नै उक्त कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेको । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । 

 

बुधबार, ०१ कार्तिक २०८०, ११ : १८

प्रतिक्रिया