शेयर बजारमा छायो हरियाली

बुधबार, ०१ कार्तिक २०८०, १५ : ४०

काठमाडौं- शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक प्रगति देखिएको छ ।

वुधबार नेप्से इन्डेक्स ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा उक्लियो । वुधबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रो पावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

आशाको प्रतिशेयर मूल्य १० प्रतिशतले बढेर ७२६ रुपैयाँ कायम भयो भने इन्फिनिटीको ९.९७ प्रतिशतले बढेर ६८४ रुपैयाँमा कारोबार भयो । यस्तै, मिड सोलुको ९.३१ प्रतिशतले बढेर ३३३.५० रुपैयाँ कायम भयो । ज्योति विकास बैंकको शेयरमूल्यमा पनि उल्लेख्य सुधार हुँदै ३१० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार, ०१ कार्तिक २०८०, १५ : ४०

प्रतिक्रिया