काठमाडौं- दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुपात बढाएको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले असार १० गतेको प्रस्तावलाई रद्द गर्दै १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीबाट २००% हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि १ः१ को अनुपातमा १००% हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । दिब्यश्वरीले हकप्रद शेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने पनि जानकारी गराएको छ ।
आयोगको स्वीकृति र नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद शेयर जारी हुनेछ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पुँजीमध्ये पाँच खपन हाइड्रोपावर प्रा।लिमा ५१ ५ लगानी गर्ने र बाँकी सबै रकम बैकहरुबाट लिएको दीर्घकालिन कर्जाको भुक्तानी गर्ने जनाएको छ ।
प्रतिक्रिया