एक कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

विहीबार, ०२ कार्तिक २०८०, १४ : १०

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ८२ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ ।

नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

 कम्पनीको सेयर सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत गराएको हो । 

विहीबार, ०२ कार्तिक २०८०, १४ : १०

प्रतिक्रिया