सेयर निष्कासन गर्ने तयारीमा डिश मिडिया नेटवर्क

आइतबार, ०५ कार्तिक २०८०, ०७ : १९

काठमाडौं डिश मिडिया नेटवर्कले कात्तिक २० गते विशेष साधारणसभा बोलाएको छ ।

सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह २ :३० बजे सभा बोलाएको हो । सभाले हकप्रद सेयर निष्कासन तथा अध्यक्षको अनुमतिमा अन्य प्रस्ताव उपर छलफल गरी पारित गनेछ ।

साथै कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरिहेको छ ।

आइतबार, ०५ कार्तिक २०८०, ०७ : १९

प्रतिक्रिया