आईपीओ ल्याउदै सर्वोतम सिमेन्ट

बुधबार, ०८ कार्तिक २०८०, ०९ : २१

काठमाडौं- धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक विल्डिङ विधि प्रयोगमा ल्याउने तयारी ढिला भएपनि सर्वोतम सिमेन्टले दसैँलगत्तै सेयर निष्कासन गर्ने भएको छ ।

विगत लामो समयअघिदेखि नै सार्वजनिक निष्सकासनमा बुक विल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयन गरेर नेपाल धितोपत्र बोर्डले ढिलै भए पनि बुक विल्डिङ विधिमार्फत् सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

यसअघि एफपीओ र धितोपत्र बोर्डलेनै निर्धारण गरेको प्रिमियम मूल्यमा सेयर निष्कासन हुँदै आएकोमा अब बजारलेनै मूल्य निर्धारण गर्ने गरी बोलकबोल विधिमार्फत् आईपीओ बिक्री हुने छ ।

उक्त विधिमार्फत् सर्वोत्तम सिमेन्ट आईपीओ निष्कासन गर्नेमा पहिलो भएको छ । बोर्डले गत अससोज २९ गते कम्पनीलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको हो। यसअनुसार कम्पनीले प्रतिसेयर ४०१ रुपैयाँ कट अफ मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्नेछ । 
सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ निष्कासन  गर्ने तयारी गरेको कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत आईपीओ बिक्री गर्न अनुमति पाएको छ ।

त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

बुधबार, ०८ कार्तिक २०८०, ०९ : २१

प्रतिक्रिया