कतिमा खुल्यो सोनापुर मिनरल्सको सेयर कारोबार ?

आइतबार, १२ कार्तिक २०८०, १२ : २५

काठमाडौँ- सोनापुर मिनरल्स एन्ड आयलको सेयर कारोबार आज बाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसन सेयर किनबेच भएसँगै सोनापुर मिनरल्सको कारोबार नियमित सत्रका लागि खुलेको हो। प्रि–ओपनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको छ। 


नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १४२.०१ रुपैयाँदेखि अधिकतममा ४२६.०३ रुपैयाँ तोकेको थियो। 

यो कम्पनीको आईपीओ गत कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो। 

 

आइतबार, १२ कार्तिक २०८०, १२ : २५

प्रतिक्रिया