थप एक कम्पनीले हकप्रद सेयर निष्कासन गर्दै

आइतबार, १२ कार्तिक २०८०, १४ : ०३

काठमाडौँ- एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कात्तिक २ गते आवेदन दिएको हो ।

कम्पनीले १० कित्ता शेयर बराबर ६।६ को अनुपातमा  ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।  बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्ने छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आइतबार, १२ कार्तिक २०८०, १४ : ०३

प्रतिक्रिया