सामान्य अंकले बढ्यो नेप्से

सोमबार, १३ कार्तिक २०८०, १५ : ३७

काठमाडौँ - कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर १८८७.७० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजारको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ भने उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसूचक घटेका छन् । आज निर्जीवन बीमा उपसूचक ०.८६, ट्रेडिङ उपसूचक ०.८१ र फाइनान्स उपसूचक ०.८० प्रतिशतले बढेका छन् ।

सोमबार, १३ कार्तिक २०८०, १५ : ३७

प्रतिक्रिया