काठमाडौँ - अपि पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको सेयर बाँडफाँड गरिएको हो ।
जसमा न्यूनतम १५१ रुपैयाँ १० पैसा (आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
सो अवधिमा कम्पनीले बिक्री नभएको सर्वसाधारण समूहको सेयर कम्पनीले असोज १७ गतेदेखि २४ गतेसम्म लिलामीमा ल्याएको थियो ।
प्रतिक्रिया