काठमाडौँ - कारोबारको तेस्रो दिन आज मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४।२९ अंकले घटेर १८६४.४० विन्दुमा कायम भएको छ ।
मंगलबार नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजारको कारोबार भएको छ । नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज जीवन बीमा उपसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ ।

बजार घट्दा आज सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ।त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, नबिल बैंक, सिद्धार्थ बैंकको प्रमोटर शेयर, शिवम सिमेन्टस, साल्ट टेडिङ, हिमाल दोलखा, सिटिजन लाइफ, कुमारी बैंक र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया