काठमाडौँ - कारोबारको पहिलो दिन आज नेप्से दाहोरो अंकले घटेको छ । बजार घट्दा आज माहुली लघुवित्तको शेयर सबैभन्दा धेरैले बढेको छ ।त्यस्तै, एभरेष्ट बैंकको डिभेञ्चर ८६, हाथवे, सिवाईसी नेपाल लघुवित्त, किसान लघुवित्त, सबैको लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, लक्ष्मी भ्यालु फण्ड २, सिभिल बैंकको डिभेञ्चर८८ र मिड सेलुको शेयर मूल्य बढेको छ।

मंगलबार ३८ कम्पनीहरुको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज लगातार तेस्रो दिनपनि सोनापुर मिनरल्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । दोस्रोमा एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने तेस्रोमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्य ४.४३ प्रतिशतले घटेको छ ।
त्यस्तै, बीपीडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर, इन्ग्वा हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स कम्पनी, सामुदायिक लघुवित्त र सुर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।

प्रतिक्रिया