आफूलाई आफैले नेपालकै नम्बर १ इन्टरनेट सेवा प्रदायक कम्पनी दाबी गर्ने वर्ल्ड लिङ्क कम्युनिकेसन प्रालिले सरकारलाई वर्षौँदेखि रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ) को अर्बौँ रकम तिर्न बाकी रहेको छ ।
वर्ल्डलिंक कम्युनिकेसनको सर्वाधिक उच्च मूल्यमा शेयर किनबेच भएको नेप्सेले जनाएको छ। वर्ल्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ मा शेयर किनबेच भएको हो ।आफ्नै ग्राहकहरूलाई ठग्न नयाँ–नयाँ उपाय रच्ने गरेको खुलेको छ ।
वर्ल्डलिंक कम्युनिकेसन यस प्रकारका ठगी कर्मका लागि समय–समयमा विवादमा पर्दै आएको कम्पनी हो। ग्राहक आकर्षित गर्न नयाँ–नयाँ स्किम ल्याउने, तर ग्राहक बनाइसकेपछि स्तरीय सेवा प्रदान नगरी दुःख दिने कम्पनीको रूपमा पनि पछिल्लो समय वर्ल्डलिंकको नाम लिने गरिएको छ।
अवैधानिक तथा गुप्त रूपले कल बाइपास (भीओआईपी) धन्दा सञ्चालन गर्ने देश घाती कार्यमा समेत मुछिएको सो कम्पनी सामानको नाम ढाँटी भन्सारबाट घोषणा फरक गरी न्यून मूल्यमा छुटाएर कर छली गर्ने कार्यमा पनि संलग्न रहेको समाचार पटक पटक बाहिरिएका छन्।
करोडौँको कर छलीलगायत मामलामा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले छानबिन अघि बढाएर पनि कारबाही गर्न नसकेको सन्दर्भ चर्चाको विषय बन्दै आएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटीसी) बजारमा एक अर्ब ७१ करोड ६ लाख ६८ हजारको कारोबार भएको देखिन्छ ।
२९ कम्पनीको एक करोड ३६ लाख ७२ हजार हजार शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कम्पनीको न्यूनतम एक सय रुपैयाँदेखि उच्चतम ९ हजार तीन सय ७५ रुपैयाँसम्म शेयर किनबेच भएको छ ।
वर्ल्डलिंकले नेपाल सरकारलाई वार्षिक रोयल्टी र आरटीडीएफ बापतको १ अर्ब २५ करोड बढी रकम राजस्व बुझाउन बाँकी छ । बक्यौता तिर्न छोडेर उसले सरकारविरुद्ध उल्टै सर्वोच्च अदालतमा मुद्दा हालेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक गरेका पत्राचारको अवज्ञा गरेको छ ।
हालै संसदीय समितिले यसरी रोयल्टी तथा राजस्व नबुझाउने इन्टरनेट सेवा प्रदायकहरूको बचाउ परेको भन्दै आलोचना भइरहेको छ । नेपाल दूर सञ्चार प्राधिकरणले त्यसरी रोयल्टी नतिर्ने कम्पनीलाई खारेज गर्ने तथा ब्यान्डविथ बन्द गरिदिने कारबाही गर्ने चेतावनी दिए पनि ग्राहकलाई पर्ने मर्काका कारण एक्सन लिन सकेको छैन ।
उता गत आर्थिक वर्षमा ओटी सी मार्केटमा दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार ७८६ रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस बेला ८४ कम्पनीको ओटी सी मार्केटमा खुई करोड १२ लाख ६४ हजार ९५ कित्ता शेयर किनबेच भएको थियो ।
प्रतिक्रिया