एक कम्पनीको संसथापक सेयर बिक्रीमा

बुधबार, १५ कार्तिक २०८०, १३ : ३७

काठमाडौं- लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मनलक्ष्मी थापाको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (कात्तिक १५) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

बुधबार, १५ कार्तिक २०८०, १३ : ३७

प्रतिक्रिया