काठमाडौं- साता कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ को विन्दुमा कायम भएको हो ।
बुधबार नेप्सेमा सूचीकृत कुल २९६ कम्पनीहरुको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आउँदा आज १२ वटा उपसूचक घटेको छ भने इन्भेष्टमेन्ट उपसूचक ०.०८ प्रतिशतले बढेको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । दोस्रोमा उत्पादन तथा प्रशोधन उपसूचक ०.९८ र तेस्रोमा माइक्रोफाइनान्स उपसूचक ०.७० प्रतिशतले घटेको छ ।
सोनापुर मिनरल्स एण्ड आयलको शेयर मूल्य आइपीओ मूल्य निरन्तर घट्दै आज सर्वाधिक खरिदबिक्रीको लिष्टमा परेको छ।कम्पनीको शेयर मूल्य २३९ रुपैयाँमा कारोबार भईरहेको छ। कम्पनीको शेयर मूल्य सर्वाधिक खरिदबिक्रि भएको देखिएको छ।
कम्पनीको १० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भईसकेको छ ।सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो।
तर, यस दिन बजार खुलेलगत्तै कम्पनीको शेयरमूल्य घटेर २३० रुपैयाँसम्म झरेको हो। यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर प्रतिकित्ता २३८.६० रुपैयाँ पैसामा कारोबार भइरहेको छ।
प्रतिक्रिया