भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आजदेखि  कहिलेसम्म दिन पाइन्छ आवेदन ?

विहीबार, १६ कार्तिक २०८०, ०८ : १८

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आज कात्तिक १६ गतेदेखि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा कात्तिक २० गते हुनेछ भने ढिलोमा मङ्सिर १ गते हुनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

विहीबार, १६ कार्तिक २०८०, ०८ : १८

प्रतिक्रिया