दोहोरो अंकले घट्यो नेप्से

विहीबार, १६ कार्तिक २०८०, १५ : १४

काठमाडौँ - कारोबारको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्सेमा १० अंकको गिरावट आउँदा १९० कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज नेप्से उपसूचक ०.५८ प्रतिशतले घटेर १८४७.७० को विन्दुमा कायम हुन पुगेकोे छ । आज ३७ लाख ४९ हजार ९५४ कित्ता किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार बराबरको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा ११ उपसूचक घटेको छ भने बाँकीका दुई उपसूचक बढेका छन् । आज होटल तथा पर्यटन उपसूचक ४.२७ र उत्पादन तथा प्रशोधन उपसूचक ०।०७ प्रतिशतले बढेको हो ।त्यस्तै, आज म्युचुअल फण्ड उपसूचक ४.६३, ट्रेडिङ उपसूचक ३.०५, हाइड्रोपावर उपसूचक १.१० र फाइनान्स उपसूचक १.०५ प्रतिशलते घटेको छ ।

 नेप्से ओरालो लाग्दा आशा लघुवित्त र प्राईम कर्मशियलको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ।त्यस्तै, सोनापुर, सोल्टि होटल,हाथवे, सानिमा जिआईसी, नबिल बैंक, साल्ट टेडिङ, सूर्य ज्योति लाइफ र तारागाँउ रिजेन्सीको सर्वाधिक कारोबार भएको छ।

विहीबार, १६ कार्तिक २०८०, १५ : १४

प्रतिक्रिया