भूकम्प प्रभावित क्षेत्रमा नेको इन्स्योरेन्सले गर्‍यो राहत सामग्री वितरण

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ४८

कार्तिक १७ गते राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट ठुलो धनजन क्षति भएको जाजरकोट र रुकुम पश्चिममा नेको इन्स्योरेन्सले राहत सामग्री वितरण गरेको छ । 

इन्स्योरेन्सको कर्णाली प्रदेश शाखा प्रमुखसहितको टोलीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटका भूकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको हो। कम्पनीले जाडोमा ओढ्नको लागि कम्बल, त्रिपाल र खाद्यान्न भूकम्पबाट प्रभावित जनतालाई हस्तान्तरण गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्रीहरू वितरण गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत वितरण कार्य अझै जारी रहने नेको इन्स्योरेन्सले जनाएको छ , विकट क्षेत्रमा बढी क्षति पुगेको र राहत सामग्रीको अभावमा सर्वसाधारण खुल्ला आकाश मुनि रात बिताई रहेको अवस्थामा नेको इन्स्योरेन्स बिमा कम्पनीहरू मध्येमा पहिलो राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।
 

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ४८

प्रतिक्रिया