बागलुङको बुर्तिबाङ जाँदै गरेको ट्याक्सी दुर्घटना , चालक र सवार दुवैको मृत्यु

मंगलबार, २१ कार्तिक २०८०, ०९ : ४९

बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङ बजार नजिकै ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको ढोरपाटन नगरपालिका–२ मा पर्ने मकलटिबाङमा मङ्गलवार साँझ  ध १ ज ९९४ नं .को ट्याक्सी दुर्घटना भएको हो । 

प्रहरीका अनुसार बागलुङकै बडिगाड ना.पा.बाट भिमगिठे हुँदै सोमबार राति करिब १० बजेको समयमा एक यात्रु सहित ढोरपाटन न.पा.को बुर्तिबाङ बजार जाने क्रममा उक्त दुर्घटना भएको थियो। 

दुर्घटना भएको ट्याक्सी मध्य पहाडी लोक मार्ग सडक खण्डबाट करिब १०० मिटर तल खोलामा खसेको थियो । उक्त दुर्घटनामा परि सवारी धनी तथा चालक ढोरपाटन नगरपालिका २ पाखुते बस्दै आएका वर्ष २८ का होम बहादुर पुन र बडिगाड गा.पा.६ छिसफाटँ बस्ने अन्दाजी ३३ वर्षका  अस्विन परियारको ज्यान गएको छ ।

 दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्सी चालक पुन ट्याक्सी ट्याक्सी व्यवसायीसंघ बुर्तिबाङको उपाध्यक्ष समेत थिए । 

मंगलबार, २१ कार्तिक २०८०, ०९ : ४९

प्रतिक्रिया