भूकम्प प्रभावितलाई कर्णाली सरकारले गर्‍यो दुई करोड हस्तान्तरण

बुधबार, २२ कार्तिक २०८०, ०७ : ३९

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिमका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु २५ / २५ लाख, कुशेमा गाउँपालिकालाई रु २० लाख, छेडागाड नगरपालिकालाई रु १० लाख, जुनीचाँदे गाउँपालिकालाई रु १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बताएका छन् ।

त्यसै गरी रुकुम पश्चिमको आठबीसकोट र सानी भेरी नगरपालिकालाई रु २५/ २५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०/ २० लाख, मुसिकोट नगरपालिकालाई रु १० लाख र बाँफीकोट गाउँपालिकालाई रु पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताएका छन्। 

उहाँका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई रु १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच पाँच लाख हस्तान्तरण गरिएको छ । भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताएका छन्।
 

बुधबार, २२ कार्तिक २०८०, ०७ : ३९

प्रतिक्रिया