किन आए अमेरिकी वायुसेनाका विमान  काठमाडौंमा ?

आइतबार, २६ कार्तिक २०८०, १४ : २३

काठमाडौं – एमसीसी परियोजना पारित भएपछि पहिलो पटक अमेरिकी वायुसेनाका विमानहरु हिजो दिउँसो र राति काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । हिजो दिउँसो साढे ३ बजे आएको कल साइन सिएटीए २०२ को विमान नेपाली र अमेरिकी सेनाको संयुक्त सैनिक अभ्यासमा सहभागी सैनिकहरु लिन आएको हो ।

स्रोतका अनुसार पाँच जना चालक दलका सदस्यसहित आएको उक्त विमान आज ढाका हुँदै फर्केको छ । १० जना सैनिक त्यसमा सवार छन् ।


अमेरिकी वायुसेनाको उक्त चार्टर विमान आरसिएच ८२३ हिजै पाकिस्तानको इस्लामाबावादबाट काठमाडौं आएको थियो । डिप्लोम्याटिक पार्सल बोकेर साँझ ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमानमा चालक दलका १७ जना सदस्य थिए ।

आइतबार, २६ कार्तिक २०८०, १४ : २३

प्रतिक्रिया