भूकम्पग्रस्त क्षेत्र जाजरकोटमा एनआरएनको स्वास्थ्य शिविर

आइतबार, २६ कार्तिक २०८०, १४ : ३२

काठमाडौं । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार जाजरकोटमा  स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।

एनआरएनको बद्री के.सी. समूहद्वारा सञ्चालित उक्त शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली काठमाडौँदेखि जाजरकोट पुगेको थियो ।

  समयमा राहत, उद्धार तथा स्वास्थ्योपचार गर्न नसके भूकम्पपीडितलाई चिसो बढ्दै गएकाले निमोनिया, रुघाखोकीको जोखिम रहने समितिले जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा रहेका जनाएका छन् । भूकम्पले घर भत्काउँदाको त्रास, बढ्दै गएको चिसोलगायत कारणले गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन् ।

आइतबार, २६ कार्तिक २०८०, १४ : ३२

प्रतिक्रिया