भूकम्प पीडितलाई ३५ लाख ६८ बराबरको जुत्ता तथा चप्पलहरू सहयोग

आइतबार, २६ कार्तिक २०८०, १५ : १४

 भूकम्प पीडितलाई गोल्ड स्टार शूज कम्पनीले जाजरकोटका १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ। किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तरगतको गोल्ड स्टार शूज कम्पनीले पीडितहरूका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको उक्त परिमाणको जुत्ता तथा चप्पलहरू सहयोग प्रदान गरेको हो ।

गत कात्तिक १७ गते शुक्रवार जाजरकोटमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा भएको मानवीय क्षतिप्रति कम्पनीले दुख व्यक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त सहयोग प्रदान गर्दै गोल्ड स्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं  ।

हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौँ र उहाँहरूको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौँ ।’  कम्पनीले मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका सक्रिय रहेको बताएको छ ।
 

आइतबार, २६ कार्तिक २०८०, १५ : १४

प्रतिक्रिया