गोरखाको धार्चे गाँउपालिका १ हुल्चुकमा घरमा आगलागी हुँदा जलेर आमा छोराको मृत्यु भएको छ ।
शनिवार राति आगलागी हुँदा ७८ बर्सिया कान्छी गुरुङ र उनका ३९ वर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको हो । घरमा कसरी आगलागी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालिसकेको छ।
कान्छीका छोरा चनारसिंह शारीरिक रूपमा अपाङ्गता भएका कारण हिँडडुल गर्न सक्दैनथे । राति १० बजेको समयमा भएको आगलागीबाट गाउँको एकान्तमा रहेको जस्ताको छानो र डुङ्गाले बनेको उक्त घर तथा घरभित्रका सामानहरू जलेर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष रामसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार मृतक दुवै जनाको शवको धेरै भाग जलेको छ। गाउँघरमा जाडो समयमा भान्सानजिकै आगो बालेर सुत्ने चलन रहेको हुँदा त्यही कारण आगलागी भएको हुन सक्ने आशङ्का गरिएको छ ।
प्रतिक्रिया