गोरे घुम्तीमा दुर्घटना भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

आइतबार, २६ कार्तिक २०८०, १७ : ०७

नवलपरासी (बर्दघाट सुस्तापूर्वक) को देव चुली नगरपालिका–९ जिप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।

बौदीकाली गाउँपालिकाको माझ डाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देव चुली नगरपालिका–९ गोरे घुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाटले जानकारी दिएको छ । 

दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझ डाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको  प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जनाएका छन् ।

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जिपमा सात जना सवार थिए । दुर्घटनामा घाइते भएका मध्य विन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आइतबार, २६ कार्तिक २०८०, १७ : ०७

प्रतिक्रिया