चितवनमा ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन टोली परिचालन

सोमबार, २७ कार्तिक २०८०, ०८ : ३०

धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।

विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ। हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्क्याएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ। उनले भने, ‘हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको दुई वटा टोली परिचालन गरिएको छ।’ 

हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डाट’ गर्ने उनले बताए। यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ।

सोमबार, २७ कार्तिक २०८०, ०८ : ३०

प्रतिक्रिया