काठमाडौँ । कात्तिक १७ गतेको शक्तिशाली भूकम्पबाट प्रदेश अन्तर्गतको जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावितको उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कोषबाट तत्कालका लागि ११ करोड ४० लाख ४३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ।
महासङ्घले नेपालका भूकम्प प्रभावितको राहतका लागि आपत्कालीन अनुरोध जारी गर्दै सहयोगका लागि हात अघि बढाउन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध समेत गरेको छ। हाल, आपत्कालीन सहायता जारी रहे पनि हजारौँ प्रभावित परिवारहरू वैकल्पिक आश्रय बिना खुला आकाशमुनि अर्को भूकम्पको डरमा बसिरहेका छन्।
जाडो सुरु भएसँगै राहत, वासस्थान र अत्यावश्यक न्यानो वस्तुको उपलब्धता अत्यावश्यक बनेको छ । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र रेड क्रिसेन्ट सोसाइटी महासङ्घले कर्णाली प्रदेशका भूकम्प प्रभावितको उद्धार र राहतका लागी ५० लाख स्वीस फ्रान्क (७३ करोड ५३ लाख ८७ हजार रुपैयाँ ) सहयोग जुटाउने घोषणा गरेको छ।
प्रतिक्रिया