काठमाडौं –सुर्खेतको चौकुने गाउँपालिका(६ बाट गएराती २७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेर वीरेन्द्रनगर ल्याएको छ । प्रहरीले दुई लाख २८ हजार सहित २७ जना जुवाडे पक्राउ परेको जनाएको छ ।
पक्राउ पर्नेमा तीन जना प्रहरी, पाँच जना स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ता रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी लक्ष्मणबहादुर शाहीले २७ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
प्रतिक्रिया