भूकम्प पीडितलाई लक्षित गरी बाबुरामको १० लाख सहयोग

सोमबार, २७ कार्तिक २०८०, १२ : ३९

काठमाडौं – डा. बाबुराम भट्टराक्षर््ले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितका लागि घोषणा गरेको सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । 

सोमबार  बिहान बालुवाटार पुगेर सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले १० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका हुन् । चेक हस्तान्तरण गर्न अध्यक्ष भट्टराई सँगै नेतृ हिसिला यमीसहितका नेताहरु प्रधानमन्त्री निवास पुगेका थिए । 

 सो अवसरमा  पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरे । राज्यका सबै अंग र तह परिचालन गरी छिटो र प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको जोड छ ।
 
 

सोमबार, २७ कार्तिक २०८०, १२ : ३९

प्रतिक्रिया