काठमाडौं – हुम्लाको सिमकोटबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘नाइन एन–एबीयू’ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजमा बसेका यात्रुलाई ओरालिएको छ ।
जहाज रोकिँदा सिमकोटबाट नेपालगञ्ज उड्ने तयारीमा रहेका यात्रु समस्यामा परेका छन् । सोमबार बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट अवतरण गरेको जहाज नेपालगञ्ज फर्किने तयारीमा रहेको बेला प्राविधिक समस्या देखिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।
उक्त समस्याग्रस्त जहाज आजै नेपालगन्जबाट प्राविधिक ल्याए बनाएपछि उड्ने नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलराम हमालले बताए।
प्रतिक्रिया