आर्थिक विकासका लागि निर्माण व्यवसायीहरुको भूमिका महत्त्वपूर्ण हुने राष्ट्रपतिको भनाइ

बुधबार, ०६ मंसिर २०८०, १२ : ३८

काठमाडौँ – मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण भूमिका हुने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । ४६ औँ इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् । 

राष्ट्रपतिले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताए । उनले भने–‘पृथ्वी रहे मात्र हामी रहन्छौँ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस सङ्गठनले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।’
 हालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्र संघका महासचिवले पनि जलवायु परिवर्तनको एजेन्डालाई उच्च महत्त्व दिनु भएको प्रसङ्ग स्मरण गराउँदै कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न 
राष्ट्रपतिले सबैलाई आग्रह गरे। 
 

बुधबार, ०६ मंसिर २०८०, १२ : ३८

प्रतिक्रिया