काठमाडौं – नेपाल वायुसेवाद्वारा विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको खुल्न आएको छ । यस काममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नै सक्रिय भएको बुझिन आएको छ । निगम स्रोतले दिएको जानकारी अनुसार नेपाल वायुसेवाद्वारा प्रकाशित ३ ओटा STOL जहाजको खरिदको RFP नेपाल वायुसेवा निगमको आर्थिक विनियमवाली २०६५ को परिच्छेद २६ को बिपरित हुनुको साथै सार्बजनिक खरिद ऐन २०६३ को परिच्छेद २ बुदा न ९ मा उल्लेखित प्राबधानको बिपरित रहेको बुझिएको छ ।
स्रोत भन्छ, सार्बजनिक खरिद ऐन अनुसार योग्य बोलपत्रदातालाई खरिद प्रकृयामा सहभागी हुन बिना भेदभाव समान अवसर प्रदान गर्नु पर्नेछ भन्ने उल्लेख गरिएकोमा नेपाल वायुसेवा निगमले सो प्राबधानको ठिक बिपरित सबै भन्दा योग्य हुन सक्ने बोलपत्र दातालाई खरिद प्रक्रियामा सहभागी हुनै नदिन असान्दर्भिक / Irrelevent Criteria राखेको हुनाले एक मात्र बिमान निर्माता कम्पनीले सो बोलपत्र प्रक्रियामा भाग लिन मिल्ने प्रपन्च रचिएको छ। निगमको यो बदनियतले गर्दा अन्य दुइ उत्कृष्ट बिमान निर्माता कम्पनी सो बोलपत्र प्रक्रियामा भाग नै लिन नसक्ने अवस्था सिर्जना भएको छ। निगमको सो कार्यले सार्बजनिक खरिद ऐनको धज्जी उडाउनुको साथै खरिद प्रक्रिया पारदर्शी नभई कुनै एक बिमान कम्पनी संगको मिलेमतोमा सो कम्पनीले मात्र भाग लिन मिल्ने गरि RFP प्रकाशित गरिएको छ ।
नियमावलीमा के छ व्यवस्था ?
निगमले प्रकाशित गरेको STOL Aircraft खरिदको RFP प्रकाशित गर्दा निगमकै आर्थिक विनियमावली २०६५ विपरित रहेको छ। सो विनियमवालीको बुँदा २३६ १ (क) मा निम्न लिखित प्राबधान रहेको छ व्यवस्थापनबाट प्राप्त व्यापारिक रणनैतिक प्रतिवेदनको आधारमा कस्तो क्षमताको विमान खरिद गर्न उपयुक्त हुने हो यकिन गरि खरिद प्रकृया अगाडी वढाउन संचालक समितिले एउटा उप(समिति गठन गर्नेछ । उक्त उप समितिको सिफारिशको आधारमा आवश्यक जांचबुझ विश्लेषण गरि समितिले कुनै दुई वा दुई भन्दा वढी विमान निर्माता कंपनिबाट समितिले निर्धारण गरेको ढांचामा RFP प्रस्ताव प्राप्त गर्न पैतालिस दिनको म्याद दिई व्यवस्थापनले सार्वजनिक सूचना तथा पत्राचारको माध्यमबाट विमान निर्माता कंपनिहरूलाई जानकारी गराइनेछ।
यो व्यवस्था स्पस्ट रुपमा हुँदा पनि निगम Management ले कुनै एक मात्र बिमान निर्माता कम्पनी को Agent संग आर्थिक चलखेल गरि सो अनुसार निम्न अनुसार Criteria बनाएको छ ।
के निगम लाई Twin OTTER बिमान नै चाहिएको हो ?
निगमलाई जिवन्त राख्न र दुर्गम भेगका जनतालाई सेवा प्रदान गर्न नया बिमान खरिद गर्नु अपरिहार्य हो तर प्रचलित कानून र पारदर्शी ढंगबाट बिमान खरिद गर्नु पर्दछ। साथै बिमान खरिद गर्दा निगमलाई पर्ने आर्थिक भारको साथै प्राबिधिक रूपमा अब्बल बिमान खरिद गर्नु पर्दछ। तर अहिलेको RFP निकाल्दा निगमको हित विचार नगरी कमिसन को चक्कर मा निगमका कार्यकारी लिप्त भएको कुरा तल उल्लेखित कुरा हरुबाट देखिन्छः
Twin OTTER बिमान निर्माता कम्पनीको प्रतिनिधिसंग निगम कार्यकारीको असामान्य भेट
विभिन्न बिमान निर्माता कम्पनिले वायुसेवा प्रदायक कम्पनिसंग भेटेर आफ्नो बिमानको प्रचार प्रसार गर्नु एकदम सामान्य कुरा हो। यस्तो खालको भेटको निर्माता कम्पनीले कार्यकारी साथै बायुसेवाका सम्बन्धित प्राविधिकलाई सो वायु यानको प्राविधिक तथा उडानको विशेषताहरु प्रस्तुत गर्ने गरिन्छ तर Twin OTTER बिमानका प्रतिनिधि योगेश गर्गले सिधै निगमका कार्यकारीलाई मात्र भेटेर कमिसनको कुरा गरेको स्रोतको दाबी छ ।
निगमका जहाज सधै जमिनमा
हाल निगमसंग ३ थान Twin OTTER बिमान रहेका तर ति मध्ये २ ले मात्र उडान भरि रहेका छन् भने एउटा बिमान बिगत ११ वर्ष देखि Grounded छ। भएका बिमान पनि पूर्ण रुपमा संचालनमा छैनन, निगमको र तारा AIR को Twin OTTER बिमानको दैनिक संचालन समय हेर्ने हो भने निगम जहाज उडाउनु भन्दा कमिसनको चक्करमा रहेको कुरा देखिन्छ
निगमका Twin OTTER ले दैनिक ४-५ घण्टा उडान भर्छन
तारा AIR का Twin OTTER ले दैनिक ७-८ घण्टा उडान भर्छन
यो तथ्य हेर्दा के देखिन्छ भने निगमले भएका Twin OTTER बिमानको उपयोग पूर्ण रुपमा गर्न सकेको छैन। निजि वायु सेवा कम्पनीका जहाज प्राय जसो आकाशमा उडी रहेका हुन्छन भने निगमका जहाज जमिनमा घाम तापेर बस्छन ।
Twin OTTER को सट्टामा DORNIER /LET बिमान आएमा के हुन्छ ?
निगमसंग हाल रहेका Twin OTTER बिमान DHC६-३०० series का बिमान हुन् जसको निर्माता De-Haviland कम्पनी थियो तर आजको दिनमा सो कम्पनीलाई VIKING नामक Canadian कम्पनीले खरिद गरेको छ। निगमसंग रहेका DHC६-३०० series का बिमानको उत्पादन बन्द भै सकेको छ र VIKING ले आजको दिनमा DHC६-४०० र DHC६-३०० नामक बिमान उत्पादन गर्दछ।
निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले बिमान खरिदको प्रस्ताव निगमको संचालन समितिमा पेश गर्दा अर्थ मन्त्रालयका प्रतिनिधि धनि राम शर्माले लिखित रुपमा नै सो प्रस्ताव प्रति असहमति रहेको भनेर लेखेका छन्। साथै उनले अहिलेको अवस्थामा स्रोत नभएकोले नया बिमान खरिद हुन्न भनेका छन् र यो उनको राय नभई अर्थ मन्त्रालयको संस्थागत विचार हो भनेका छन्।
यस सम्बन्धमा कार्यकारी अध्यक्ष अधिकारीसित सम्पर्क गर्न खोज्दा उनका स्वकीयले अहिले मिटिङमा हुनुहन्छ पछि कल ब्याक गर्छु भनेर सम्पर्क नै गरेनन् ।
प्रतिक्रिया