सातै प्रदेशका गृहमन्त्रीहरूले गृहमन्त्री  श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

मंगलबार, १२ मंसिर २०८०, १६ : ३५

काठमाडौँ-  प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । 


ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ । 

मंगलबार, १२ मंसिर २०८०, १६ : ३५

प्रतिक्रिया