किन माग्यो आयोगले वीर अस्पतालका डा.पौडेलको कारबाही सिफारिस ?

बुधबार, १३ मंसिर २०८०, १७ : ३८

काठमाडौँ - वीर अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै निर्वाचन आयोगले कारबाहीको लागि सिफारिस गरेको छ।आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै उजुरीको आधारमा कारबाहीको लागि सिफारिस गरेको जनाएको छ।

डाक्टर पौडेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भनी प्राप्त हुन आएको उजुरीको छायाप्रति यसै पत्रसाथ संलग्न छ पत्रमा भनिएको छ, निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ।

कार्यकारी निर्देशक डाक्टर पौडेल नेकपा ९एमाले० को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो।

बुधबार, १३ मंसिर २०८०, १७ : ३८

प्रतिक्रिया