एक कम्पनीको आईपीओ भोली बाँडफाड हुदैँ

सोमबार, १८ मंसिर २०८०, १५ : ०६

काठमाडौँ-  मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने  भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनु्सार कम्पनीको आईपीओ भोली मंसिर १९ गते मंगलबार बिहान १० बजे बाँडफाँड गर्ने तयारी गरेको हो ।

उक्त आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने भएको हो ।

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

 

सोमबार, १८ मंसिर २०८०, १५ : ०६

प्रतिक्रिया