यि हुन् आज सर्वाधिक कारोबार गर्ने टप कम्पनीहरु

सोमबार, १८ मंसिर २०८०, १५ : १३

काठमाडौं- कारोबार दास्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएर १८४७ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ४६ लाख ३१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ७ करोड ७ लाख ८६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख २९ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड १९ लाख १२ हजार रुपैयाँ र शिभम् सिमेन्टको ४ करोड ३९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ८.०६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, एनएमबि डिबेञ्चरको ५.९८ प्रतिशत, तेह्रथुम पावरको ५.८८ प्रतिशत, मोलुङ हाइड्रोपावरको ४.९३ प्रतिशत र हिमालयन हाइड्रोपावरको ४.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।

सोमबार, १८ मंसिर २०८०, १५ : १३

प्रतिक्रिया