आज बिहान १० बजे मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड हुँदै

मंगलबार, १९ मंसिर २०८०, ०७ : ५९

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज गरिने भएको छ । 

बिक्री प्रबन्धकका रुपमा रहेको एनआईएमबि एस क्यापिटलकाको अनुसारकम्पनीको आईपीओ आज मंसिर १९ गते मंगलबार बिहान १० बजे बाँडफाँड गर्ने तयारी गरेको हो।

उक्त आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । 

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

मंगलबार, १९ मंसिर २०८०, ०७ : ५९

प्रतिक्रिया