काठमाडौं- साताको तेस्रो कारोबार अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ ।
उक्त दिन बजार १०.१० अंकले घटेर १८३७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी माउन्टेन इनर्जी नेपाल लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको ३६ करोड २९ लाख ५७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख २६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआरएन एन्फ्रास्ट्रक्चर बैंकको ५ करोड ७८ लाख ४९ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ५ करोड ४१ लाख ६८ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सिंगटी हाइड्रो इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ । । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिभिल बैंक डिबेञ्चरको ७.३६ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ४.२९ प्रतिशत, महुली लघुवित्तको ३.९२ प्रतिशत र सेञ्चुरी डिबेञ्चरको ३।६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया