काठमाडौँ - कारोबारको तेस्रो दिन आज मंगलबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १०.१० अंकले घटेर १८३७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज नेप्सेमा कारोबार भएको २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १२ वटा उपसूचकमा राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा बिशाल बजार कम्पनीको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ । त्यसैगरी, माउन्टेन इनर्जी लिमिटेडको ८.९४ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ८.८१ प्रतिशत, एनआरएन एन्फ्रास्ट्रक्चर बैंकको को ८.१८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया